रिबन

थपिए १५११ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप १५११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ११६५ र एन्टीजेन परिक्षणबाट ३४६ गरि कुल १५११ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६८९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५.३ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २२० जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ११२०८ पिसिआर र ३९७१ नमुना एन्टीजेन परिक्षण गरि कुल १५ हजार १७९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७७२ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ५५० जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार २२२ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ४०७ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १२८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४३० जना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी २९३ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ३९ र ललितपुरमा ९८ संक्रमित थपिएका छन् ।

त्यस्तै उपत्यकामा अहिले ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ३ हजार ५९०, भक्तपुर जिल्लामा १०५८ र ललितपुर जिल्लामा १८२२ सक्रिय संक्रमित रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *