अर्थ

महालेखा नियन्त्रकको कार्यालयद्वारा सबै प्रकारका भुक्तानी फुकुवा

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले प्रतिस्थापन विधेयक संसदमा पेश भइसकेकाले सबै प्रकारका भुक्तानीको व्यवस्था मिलाउन मातहतका कार्यालयहरुलाई निर्देशन दिएको छ ।

कार्यालयले सूचना जारी गर्दै प्रतिस्थापन विधेयक पेश भइसकेको अबस्थामा सबै प्रकारका भुक्तानी कानूनअनुसार गर्न निर्देशन दिएको हो ।

ओली सरकारले जारी गरेको अध्यादेश प्रतिस्थापन विधेयकमार्फत पारित गर्न अहिलेको सरकारले खोजेको भएपनि संसद अवरोधका कारण पारित हुन नसकेपछि सबै प्रकारका सरकारी खर्च रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले प्रचलित कानूनअनुसार भुक्तानी गर्न निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *