खेलकुद

लेष्टर र नापोलीको बराबरी

काठमाडौं । युइएफए युरोपा लिगअन्तर्गत इग्ल्याण्डको लेष्टर सिटी र इटालीको नापोली क्लबले बराबर खेल्दै अंक बाँडेका छन् । बिहीबार राति लेष्टरको मैदानमा भएको समूह सी को खेलमा लेष्टर र नापोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा घरेलु टोली लेष्टरले अग्रता बनायो । उसका अयोज पेरेजले खेलको ९ मिनेटमा बार्नेसको पास सदुपयोग गर्दै गोल गरे । खेलको ६४ मिनेटमा पुनः लेष्टरले २–० को अग्रता बनायो । हार्भे बार्नेसले केलेचीको पासमा उत्कृष्ट गोल गरे ।

२–० गोल अन्तरले पछि पारेको नापोलीलाई भिक्टोर ओसिम्हेनले हारबाट टारे । भिक्टोरले खेलको ६९ र ८७ मिनेटमा गोल गर्दै २–२ को बराबरी गर्न सफल भए ।

यस्तै समूह सीको अर्काे खेलमा पोल्याण्डको लेगिया वार्सजवाले रसियाको स्पार्टक मस्कोलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा कब्जा जमायो । समूह सी बाट ३ अंकसहित लेगिया शीर्षस्थानमा छ । यस्तै समान १ अंक रहेका नापोली र लेष्टर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने मस्को पुछारमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *