रिबन

सरकारले ल्याएको बजेट रोकिँदैन : कानुनमन्त्री कार्की

विराटनगर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे। मन्त्री कार्कीले यही असोज ४ मा बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको र अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको बताए।

उनले मुलुकमा दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक रहेको बताए। एक प्रश्नको जवाफमा एमसीसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्नु नहुने भन्दै मन्त्री कार्कीले नेपालको इतिहासमा पहिलो पटक आएको ठूलो अनुदान फर्केर जानसक्ने भएकाले त्यसबाट पर्नसक्ने असरबारे बुझ्नुपर्नेमा जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *