समाचार

चार दिनदेखि वेपत्ता वृद्ध फेला

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा फुलेलीका वृद्ध चार दिनपछि फेला परेका छन् । गत २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका साविकको बुईपा–४ का ८६ वर्षका वृद्ध आशिकराम राई शुक्रबार फेला परेका हुन् ।

अलजाइमर रोगका कारण स्मरणशक्ति गुमाएर आफ्नो घर परिवारको सदस्यसमेत नचिन्ने अवस्थाका वृद्ध बुईपाकै पञ्चरदोबाटोमा फेला परेका आफन्तले बताएका छन् ।

स्मरण शक्ति कमजोर भएका वृद्ध राईले यदाकदा साइँला छोरा परशुरामको नाम लिने र कहिलेकहीँ आफूलाई दिनवालीको सन्तान भएको बताउने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *