खेलकुद

दक्षिण अफ्रिकी लेभी र वेस्ट इन्डिजका विलियम्सले ईपीएल खेल्ने

काठमाडौं । आगामी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकाका रिचार्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सले खेल्ने भएका छन् ।

९ असोजबाट सुरु हुने ईपीएल चौंथो संस्करणमा दक्षिण अफ्रिकी लेभी र वेस्ट इन्डिजका विलियम्सले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । लेभी र विलियम्सलाई अनुबन्धन गरिएको पोखरा राइनोजले जनाएको छ ।

चौंथो संस्करणको इपीएल क्रिकेट ९-२३ असोजसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *