समाचार

ओखलढुङ्गामा करेन्ट लागेर एक पुरुषको मृत्यु

ओखलढुंगा ।ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *