समाचार

मोटरसाईकल चोरीको आरोपमा दाजुभाइसहित ३ पक्राउ

काठमाण्डौं । ट्राफिक प्रहरीले काठमाण्डौं स्थित थलीबाट चोरीका मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरी गरि लगीरहेको अबस्थामा बाग्मती प्रदेश०२-०१५प ६१७२ नम्बरको २२० सिसिको कालो निलो पल्सर सहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका बिजय धिताललाई कागेश्वरी(मनहरा वडा नं ५ स्थित थलीबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिए ।

उहाँले उक्त मोटरसाईकल धनी खोटाङ्ग घर भई काँडाघारी बस्ने संजीब राईले यहि भदौ ३१ गते अन्दाजी ४ बजे पार्किङ्ग गरिरहेको अबस्थामा लभडाँडा काडाघारीबाट हराएको भनी जानकारी दिएका थिए भने सोही सुचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको बताए ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने बर्ष २६ को जीत बहादुर र २४ बर्षे बिष्णु तामाङ्ग (पाख्रीन)समेत भई चोरी गरेको र निजहरुसँग अर्को चोरीको मोटरसाईकल समेत रहेको खुल्न आएको थियो । निजहरुलाई खोजतलास गर्ने क्रममा माकलबारीबाट भाद्र १५ गते कोटेश्वरबाट हराएको निलो रङ्गको २२० सिसिको पल्सर सहित पक्राउ परेका हुन । तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३-०२-००१प ७२८६ नम्बरको उक्त मोटरसाईकलमा नम्बर परिवर्तन गरि प्रदेश ३-०२-००७प ८४९४ भएको अबस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका जीत बहादुर र बिष्णु दाजुभाई रहेको समेत अनुसन्धानबाट खुल्न आएको ट्राफिक महाशाखाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *