रिबन

जब प्रचण्ड झोक्किए… !

काठमाण्डौं । माओवादी केन्द्रको वैठक पेरिसडाडामा चलिरहेको थियो । केन्द्रीय समितिको वैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको स्तुती गाएर वोले ।

उनले निकै सकारात्मक भएर प्रचण्डको योगदान नविर्सन सवै सदस्यलाइ वताए । उनले यसो भने पनि पार्टीमा यो भएन र त्यो भएन भन्ने कुराहरु अन्य नेताहरु सुनिन थाले । मन्त्री देखि सांसदसम्मका कुरा उठेपछि प्रचण्ड गम्भीर भए । उनले अचानक झोक्किदै चुनाव देखि चुनावसम्मको पार्टी आफुलाइ नचाहिएको वताए । उनले यहि चुनावी गणित र हार जितको मात्र कुरा हो भने यसो गर्न कांग्रेस–एमाले छैदछन नि भने ।

तर,माओवादी पनि यहि सांसद हुन र मन्त्री हुन हानथाप हुन थालेपछि प्रचण्ड झोक्किए । उनले भने–ल तपाइहरु मध्येबाट को आउने हो नेतृत्वमा भन्नुस । म स्थायी समितिमा वस्छु । मंसिरमा राष्ट्रिय सम्मेलन डाकेको छ,यसैलाइ महाधिवेशनको रुप दिन नि सकिन्छ । म तयार छु नेतृत्व सुम्पन । उनले यसो भन्ने वित्तिकै वैठकमा सन्नाटा छायो ।

माओवादी उच्च स्रोतका अनुसार,वैठकमा म नेतृत्व गर्छु भन्ने तहबाट कोही पनि प्रस्तुत भएन । माओवादी वैठकमा यसपछि प्रचण्डले पार्टीलाइ नयाँ ढंगबाट लैजानुको विकल्प नभएको वताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *