शिक्षा / स्वास्थ्य

थप १५५८ जनामा कोरोना पुष्टि, १०को मृत्यु

काठमाडौँ । नेपालमा थप १५५८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १०८६ र एन्टीजेन परिक्षणबाट ४७२ गरि कुल १५५८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३५१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५.३ रहेको मन्त्रालयले जनाएको छ ।देशभर अहिले २३६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८६६५ पिसिआर र ३७२० नमुना एन्टीजेन परिक्षण गरि कुल १२ हजार ३८५ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ४९७ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ५४७ जना रहेका छन् भने होम आइसोलेसनमा २३ हजार ९५० रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ३८६ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३९७ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी २७४ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ५३ र ललितपुरमा ७० संक्रमित थपिएका छन् ।

त्यस्तै उपत्यकामा अहिले ६ हजार ४४४ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ३ हजार ५५२, भक्तपुर जिल्लामा १०६८ र ललितपुर जिल्लामा १८२४ सक्रिय संक्रमित रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *