खेलकुद

नेपाललाई दोस्रो झड्का, कुशल भुर्तेल ३६ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले दोस्रो विकेट गुमाएको छ ।

ओमानमा टस हारेर अमेरिकाविरुद्ध ब्याटिङ गरेको नेपालले ११ औं ओभरमा ओपनर कशुल भुर्तेललाई गुमाएको हो । उनलाई गोरे बी फिलिप्सले आउट गरेका हुन् । यसअघि अर्का ओपनर आशिफ शेखलाई पनि गोरेले आउट गरेका थिए ।

भुर्तेलले ४३ बलमा ३६ रन बनाएका छन् । अहिले नेपाल दुई विकेट गुमाएर ५७ रन बनाएर खेलिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *