खेलकुद

नेपालद्वारा अमेरिकालाई १ सय ७५ रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई १ सय ७५ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर व्णटिङ शुरु गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन मात्रै बनाउन सक्यो ।

पहिलो खेलमा अमेरिकाविरुद्ध जीत निकालेको नेपालले अमेरिकासँग आज भएको दोस्रो खेलमा रनको लक्ष्य दिएको हो ।

नेपालका लागि ओपनर आसिफ शेख ५ रन हुँदा आउट भएका थिए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर कुशल भुर्तेलबीच ५१ रनको साझेदारी भयो ।

भुर्तेल ३६ रनमा आउट भए । कत्पान ज्ञानेन्द्र मल्लले ५५ रन बनाएर आउट हुँदा राष्ट्रिय टिममा डेव्यु गरेका गुल्शन झाले २८ रन बनाए । सन्दि लामिछानेले ११ रन बनाए भने शुसान भारीले २ रन बनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *