मुख्य समाचार

एमालेमा भएका असल नेताहरु समाजवादीमा आउँछन्– माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् ।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मलिएर एमालेमै बसेको भएपनि ढिलो चाँडो एकीकृत समाजवादीमा आउने दाबी गरेका हुन् ।

अध्यक्ष नेपालले देशका सबै जिल्लामा नेकपा एकिृकत समाजवादी पार्टी गठनको काम भइरहेको समेत बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *