समाचार

मेटमणि चौधरी बने नेकपा एसको लुम्बिनी प्रदेश अध्यक्ष

काठमाडौं । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् ।

बुटवलमा बसेको नेकपा एकिृकत समाजवादी पार्टीको प्रदेशस्तरीय भेलाले चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो ।

दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा गठन भएको प्रदेश कमिटिको सचिवमा रुपन्देहीका राजु गुरुङ रहेका छन् ।

यही असोज ५ गते हुने केन्द्रीय कमिटीको बैठक र प्रदेश भेलापछि प्रदेश समितिलाई पूर्णता दिइने सचिव राजु गुरुङले जानकारी दिए । भेलाले असोजभित्र लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा भेला र बैठकहरु गरी वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *