शिक्षा / स्वास्थ्य

काठमाडौंमा असोज ४ गतेबाट भेरोसेलको दोस्रो डोज लगाईने

काठमाडौ । काठमाडौं उपत्यकामा असोज ४ गतेबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडा, कीर्तिपुर नगरपालिकाको १० ठाउँमा र चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति गृह, स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *