मुख्य समाचार

२४ औं स्मृति दिवसको अवसरमा संस्थापक नेता गणेशमान सिंहप्रति सह-महामन्त्री डा.महतद्वारा श्रद्धासुमन व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीका संस्थापक नेता गणेशमान सिंहको २४ औं स्मृतिदिवसको श्रद्धासुमन व्यक्त गरेका छन । सहमहामन्त्री डा. महतले सर्वमान्य नेता तथा लौह पुरुष गणेशमान सिंहको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका हुन ।

डा.महतद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ– नेपाली कांग्रेसका संस्थापक, २००७ सालको जनक्रान्तिका योद्धा, जनक्रान्तिपछि गठित राणा कांग्रेस संयुक्त सरकारका उद्योग तथा वाणिज्य मन्त्री, वी.पी.कोइरालाको प्रथम जननिर्वाचित सरकारका निर्माण तथा यातायातमन्त्री, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर, नेपाली कांग्रेसका सर्वमान्य नेता तथा लौह पुरुष गणेशमान सिंहको २४ औं स्मृतिदिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
यसै गरी डा. महतले नेपाली कांग्रेसले अंगीकार गरेको आदर्श,सिद्धान्त,मूल्य,मान्यतालाई शीरोपर गरी उहाँले लोकतन्त्रका लागि जीवनभर गर्नुभएको त्याग,तपस्या र कठिन संघर्ष तथा निःस्वार्थभावले लोकतन्त्रको रक्षार्थ गर्नुभएको खबरदारीले नेपाली कांग्रेसका सबै तहका नेता एवम् कार्यकर्ताहरुलाई सधैभरि प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन ।
२०४६ सालको संयुक्त जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको त्याग, तपस्या र कठोर संघर्षले सो आन्दोलनका सहयात्री दलका नेता तथा कार्यकर्ताहरुलाई पनि लोकतन्त्रप्रति संवेदनशील रहदैय सको संरक्षण र संबर्धनमा लाग्न उत्प्रेरित गर्ने डा. महतको विश्वास छ ।
जनअधिकार प्राप्ति र संरक्षणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएका श्रद्धेय नेता सिंहको योगदानको स्मरणले २०६२÷६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै नेपाली समाजलाई सुख र समृद्धिको मार्गमा लैजान सबै राजनीतिक दलका नेताहरुलाई प्रेरणा प्राप्तहोस् भन्ने डा. महतको कामना छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *