समाचार

चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा क्षमा पूजा

संखुवासभा । नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा क्षमा पूजा गरिएको छ ।


सिद्धकाली मन्दिरको पुरानो छानोलाई हटाएर नयाँ पित्तलको छानो फेर्ने क्रममा क्षमा पूजाको कार्यक्रम गरिको समितिका सचिव पदमबहादुर अधिकारीले बताए ।


कार्यक्रममा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री तुलसी प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।


मन्दिर संरक्षण समितिका अध्यक्ष गणेशनाथ जोगीको सभापतित्वमा भएको सो कार्यक्रममा सिद्धकाली मन्दिर संरक्षण समितिक सचिव पदमबहादुर अधिकारी, नेपाली काँग्रेसका युवा नेता कुमारबाबु अधिकारी, चैनपुर नगरपालिका नगर उपप्रमुख मुनाश्रेष्ठ, चैनपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाल लगायतले धारण राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *