विश्व

स्पेसएक्सबाट अन्तरिक्षमा गएका चार नागरिक पृथ्वीमा फर्किए

काठमाडौँ । एलन मस्कको अन्तरिक्ष कम्पनि स्पेसएक्सबाट अन्तरिक्षमा गएका चार नागरिक पृथ्वीमा फर्किएका छन् ।

स्पेस एक्सले अरबपति जेरेड इसाकम्यानको नेतृत्वमा चार जनालाई गत विहिबार इन्स्पेरेसन-४ नाम दिइएको यस मिशनमा पठाएको थियो ।

उनीहरु पृथ्वीमा सफलतापुर्वक सकुशल फर्किएका छन् ।

चार नागरिक भएको स्पेसएक्सको क्याप्सुललाई समुन्द्रमा झारिएको थियो ।

मिशन सफल भएपछि स्पेसएक्सले भनेको छ- ‘तीन दिनका लागि पृथ्वीको परिक्रमा गरेर स्पेसएक्सको ड्रेगन अन्तरिक्ष यानमा सवार चार अन्तरिक्ष यात्री अमेरिकाको फ्लोरिडाको तटको एटलान्टिक महासागरमा सुरक्षित रुपमा पृथ्वीमा फर्किएका छन् । यो विश्वको पहिलो आम-नागरिक मानव अन्तरिक्ष उडानको पुरा भएको प्रतिक हो ।’

यस मिशनमा व्यवसायिक अन्तररिक्ष यात्री रहेका छैनन् भने उनीहरु तीन दिनसम्म अन्तरीक्षमा रहेका थिए ।

अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट उनीहरुले उडान भरेका थिए । अर्बपति इसाकम्यानको नेतृत्वमा यस मिशनमा २९ बर्षिय मेडिकल सहायक हेले आर्सेनाक्स, ५१ बर्षिय सामुदायिक कलेजका प्रोफेसर साइन प्रोक्टर र डाटा इन्जिनियर क्रोस्तोफ़र सेमब्रोसकी रहेका छन् । गत फेब्रुअरीमा यस मिशनको घोषणा भएसँगै उनीहरुले ६ महिना प्रशिक्षण लिएको बताइएको छ । मुख्यरुपमा यस मिशनलाई अरबपति इसाकम्यानले स्पेसएक्स भाडामा लिएको बताइएको छ । यस मिशनका लागि उनले करिब ३० करोड डलर खर्च गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

चारै जना व्यावसायिक अन्तरिक्ष यात्री नभएपनि मिशनलाई जमिनमा रहेको स्पेस एक्सको टिमले संचालन र नियन्त्रण गरेको थियो । यो मिशन अन्तराष्ट्रिय स्पेस स्टेसन भन्दा माथि पुगेको थियो ।

यो यात्रा पृथ्वीभन्दा ४२० किलोमिटर माथिसम्म हुने छ । यस अघि २००९ को एक मिशनमा ५७० किमी सम्म पुगेको थियो ।

अहिले अन्तरिक्ष पर्यटनको विकासमा लागेका अन्तरिक्ष कम्पनिहरुको यो पछिल्लो प्रयासको रुपमा यसलाई लिइएको छ । यस अघि अर्बपति जेफ बेजोस र सर रिचार्ड ब्रानसनले पनि अन्तरिक्षको छोटो यात्रा गरिसकेका छन् ।

त्यस्तै स्पेस एक्सले आगामी अक्टोबरमा रसियन फिल्म निर्देशक र अभिनेत्रीलाई पनि अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा लैजान लागेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *