रिबन

केपीलाई नविना लामाकाे चुनाैती-चाकडीवाद मुर्दावाद

काठमाण्डाैं। एमाले अध्यक्ष केपी अेालीकाे चरम समर्थक सांसद नविना लामाले कडा चुनाैती दिएकी छिन।

एमाले निकट अखिलकाे निर्वाचित अध्यक्ष भएकी लामा अहिले प्रतिनिधिसभा सदस्य छिन तर भर्खर मात्र अखिलकाे नयाँ नेतृत्व चयन गर्ने सन्दर्भमा अध्यक्ष केपी अेालीले मनपरी गरेपछि उनले सामाजिक सञ्जालमा नै चाकडीवाद मुर्दावाद भनेर कडा चुनाैती दिएकी छिन । सन्दर्भ र विषय नखुलाइकन उनले संकेतकाे भाषामा भनेकीछिन-अब झन यस्तो परिस्थितिमा पनि हाम्रो कम्युनिष्ट पार्टी एमाले मा निष्ठावान कार्यकतालाई न्यायको ढोका बन्द हुदै गएको र बिवेदले सीमा नाँघेको अनुभुति भयो ! चाकरीबाद मुर्दावाद ।

अखिलमा नयाँ अधिवेशन गरेर नेतृत्व चयन गर्नुपर्ने वेला भएकाे थियाे। अखिलकाे नेतृत्व एने महरलाई दिइएकाे थियाे तर भर्खर मात्र पार्टी फुटेर धुजा धुजा भएकाे बेलामा अध्यक्ष अेालीले हालै मात्र मनाेनीत गरि कार्यसमिति वनाएका छन। यसरी बनाउँदा श्रीमान श्रीमतीलाइ एउटै कार्यसमितिलाई राखिएकाे भनेर एमाले भित्र चर्काचर्की चलिरहेकाे छ। यहि सन्दर्भमा लामाले चाकडीवाद हावीभयाे भनेर अध्यक्षकाे समेत विराेध गरेकी हुन। उनले पार्टी फुटेकाे बेलामा सवैलाइ समेटेर लैजानुकाे ठाउमा मनपरी गरेकाे भनेकी छिन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *