रिबन

सरकारले भोलि जसरी पनि बजेट पास गर्ने

काठमाण्डौं । सरकारले भोलि संसदबाट बजेट पास गर्ने भएको छ । केपी ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्न वर्तमान सरकारले नयाँ प्रतिस्थापन विध्येक ल्याएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसद चल्न नसक्दा बजेट विलखवन्दमा परेको छ । यता एमालेले भने माधव नेपाल सहितका १४ जना सांसदलाइ कारवाही गर्न अझै दवाव दिइरहेको छ र यदि यसो नगर्ने हो भने सभामुखले राजीनामा दिनुपर्ने माग राखेको छ । तर,विपक्षी दलको अवरोधका कारण कर्मचारीको तलब देखि विकास निर्माणका काममा समेत असर पर्न थालेपछि सरकारले विरोधका विच पनि बजेट पास गर्ने तयारी गरेको छ ।

सरकारले सकभर सहमतिको लािग कोशिश गर्ने र सहमति सम्भव नभए पेलेरै भएपनि बजेट पास गर्ने नीति लिएको सत्ता गठवन्धन स्रोतको दावी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *