समाचार

पत्रकार हरि थापा सहित यिनीहरुले गरे विभूषण वहिष्कार

काठमाडौं ।वीर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाले संविधान दिवसको अवसरमा विभूषित गरिने पदक अस्वीकार गर्ने उद्‍घोष गरेका छन्। सरकारले उनलाई प्रवल जनसेवाश्री पदकद्वारा विभूषित गरेको थियो। तर, उनले मापदण्डविपरीत पदक दिइएको भन्दै अस्विकार गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई दिएको पुरस्कार र विभूषण सिफारिस कार्यविधि एवं प्रधान सम्वन्धी मापदण्ड २०७५ पोष्ट गर्दै अस्विकार गर्नुको कारण खुलाएका छन्।

‘पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारको तहर श्रेणी साथै मेरो शैक्षिक पद (सहप्राध्यापक)सरह नमिलेको हुनाले सहर्ष अस्वीकार गरेको घोषणा गर्दछु।’, डा ढुंगानाले भनेका छन्। आइन्दा यस्तो पदक दिँदा विवादरहित बनाउनसमेत उनको अनुरोध छ।

यस्तै, पत्रकार कृष्ण ज्वाला देवकोटाले पनि पदक नलिने घोषणा गरेका छन्। उनले पदक वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै पदक स्वीकार गर्न नैतिक नहुने भन्दै पदक नलिने घोषणा गरेको बताएका छन।

‘ पदकको विवरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रशन उठाइरहेको सञ्‍चारकर्मीको नाताले आफैँ पदक स्वीकर गर्नु नैतिक हुने देखिन’उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्।  

पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रवीन सायमीले पनि सरकारले प्रदान गरेको विभूषण नलिने घोषणा गरिसकेका छन्। सरकारले थापालाई ‘सुप्रबल जनसेवाश्री’ र सायमीलाई ‘प्रवल जनसेवा श्री’ दिने निर्णय गरेको छ। 

थापाले सरकारले आफूलाई सम्झेकोमा धन्यवाद दिँदै आफूले पदक अस्वीकार गरेको सामाजिक सञ्जालमा लेखेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *