सम्पादकीय

गठवन्धनकारी दल : अव त लाजै लजायाे, मन्त्रीमण्डल वनाउ

संविधान माथि नै दागा धरेपछि केपी ओली नेतृत्वको सरकार कम्युनिष्ट पार्टीले नै ढाल्यो । नेपालमा ६२ प्रतिशत कम्युनिष्ट मत पाएर वनेको सरकार ढाल्नु पर्ने अवस्था स्वयम कम्युनिष्ट पार्टीका नेतालाइ सानो कारणले पक्कै परेन । पार्टी भित्रका अनेक अन्तरंग झगडा,वैमनस्यता र विवादको हल गर्न नसकेपछि नेकपा मात्र फुटेन,एमाले पनि फुटयो र सरकार ढल्यो । केपी ओली वर्तमान संविधानका खास दुश्मन भए भनेर उनैलाइ बुढी औंलाको छाप लगाएर अध्यक्ष जिताएका एमालेका नेताहरुले नै वरु पार्टी फुटोस,सरकार ढलोस तर ब्यवस्था जोगाउँछौं भनेर कम्मर कसेका हुन । अहिले अरु केही नभए पनि ब्यवस्था र संविधान जोगियो भने कम्युनिष्ट नेताहरु नै सवैभन्दा राहतको लामो श्वास फेरिरहेका छन ।

कम्युनिष्ट सरकार ढालेर उनीहरुको भाषामा पुजिवादी कांग्रेसको सरकार वनाएर पनि अत्यन्त सन्तोष महशुश गरिरहेका नेपाल कम्युनिष्ट पार्टीहरु अहिले गाँड कोराकोर अवस्थामा छन । भन्न हुने र नहुने शब्दको कुनै सिमा नराखी निच भन्दा पनि निच शब्दको आँधीबेहरी अहिले कम्युनिष्ट नेताहरु नै चलाइरहेका छन । जब दुवैखालका कम्युनिष्ट पार्टीहरु यो गालीको बर्षा गर्नबाट फुर्सदमा हुनेछन तब उनीहरुले सोच्नुपर्ने जम्मा एउटा काम छ । वालुवाटारबाट वार्दलीमा पुगेका केपी ओलीले मैले के गरें ? भनेर आत्मसमिक्षा गर्नुपर्नेछ । यता,माधव–प्रचण्ड समुहले अब त लाज पनि लजायो भन्दै मन्त्रीपरिषदलाइ पुर्णता दिनुपर्नेछ । दुवै समुहले यति काम गरे भने पनि यो देशले गुण मान्नेछ ।

सवैलाइ थाह छ–यो गठवन्धन सरकार हो । गठवन्धन सरकारमा सानो मत भएर पनि प्रधानमन्त्री पाएको नेपाली कांग्रेस कमजोर टेकोमा छ । उसलाइ आड भरोसा र आँट दिने कम्युनिष्ट पार्टी अझै आशंकामा वाचिरहेका छन । यस्तो बेलामा उनले माधव नेपाल देखि जनता समाजवादीसम्मलाइ धेरै दवाव दिन सक्दैनन । तर,दुइ महिनासम्म मन्त्रीपरिषद समेत वन्न नसक्दा कम्युनिष्ट पार्टीलाइआम जनताले दोष दिदैनन,उनीहरु देउवाले सरकार पनि वनाउन सकेनन भनेर विरोध गर्नेछन । यसकारण अब देउवाले दुइ काम गर्नुपर्नेछ ।
एक–कांग्रेस र माओवादीको तर्फबाट मन्त्रीहरु नियुक्त गर्ने ।

दुइ–माधव नेपाल र जनता समाजवादी पार्टी सकभर पुरै सदस्य नभए कम्तिमा दुइ सदस्य मन्त्री देउ भनेर माग गर्ने ।वर्तमान सरकारसंग आम जनताले लामो कुरा मागेका छैनन । यसले कम्तिमा जनतालाइ पिर पर्ने गरि काम नगरिदिए मात्र पनि खुशी मान्नेछन । यसले नराम्रो काम मात्र गरेन भने पनि राम्रो हुनेछ । देउवाको प्रारम्भिक अवस्था हेर्दा देउवा फुकी फुकी पाइला चालेर हिडेको देखिन्छ । तर,अब यतिले पुग्दैन । पार्टी महाधिवेशन देखि देश समेत कुशलतापुर्वक चलाउनुपर्ने दोहरो वाध्यतामा रहेका देउवा भनेजति सजिलो छैन,यो सवैले वुझेकै कुरा हो तर जति दिन उनले सरकार चलाउन विलम्व गर्नेछन उति नै उनीमाथि दवाव बढन थाल्नेछ । यसकारण कुर्ने,पर्खनेको एउटा सिमा हुन्छ,यो सिमा क्रमश पार हुदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *