फिचर

आजका रमणीय दृश्यहरु (फोटो फिचर)

बनेपा नगरपालिका वडा नं-३ टेङच्योबाट देखिएको कुहिरोले छपक्कै छोपेको काभ्रेपलाञ्चोकको पाँचखाल लगायतका क्षेत्र । तस्बिर : पेमा लामा/ रासस
बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने विश्वकै दोस्रो अग्लो बञ्जी पुल । ‘द क्लिफ नेपाल प्रालि’ले सञ्चालनमा ल्याएको उक्त पुलमा साहसिक खेल बञ्जीका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
धादिङको पर्यटकीयस्थल नीलकण्ठ नगरपालिका वडा नं ६ भैरवी मन्दिरबाट देखिएकको गणेश हिमाल ।
नीलकण्ठ नगरपालिका वडा नं-६मा १५ सय मिटर उचाईमा रहेको भैरव मन्दिर । मर्मत सम्भारसँगै यो क्षेत्र अहिले पर्यटककालागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विदेशी पाहुनाहरु पोखरा–२४ कास्कीकोटको देउरालीबाट हिमश्रृङ्खलालगायत हिमालीक्षेत्र अवलोकन गर्दै ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं-६मा रहेको भैरव मन्दिर परिसरवाट देखिएको मनास्लु हिमाल ।
धादिङ जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार क्षेत्र । अहिले धादिङवेसीमा सदरमुकाम सरेसँगै सुनौलाबजारमा विकासले गति लिन सकेको छैन ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं-५ ओपीका किसानहरुले गरेको आलुखेती ।
पोखरा महानगरपालिका-२४ कास्कीकोटको देउरालीबाट देखिको खडगाउँको सुन्दर दृश्य ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित आमुखोली ड्याम ।
भेरी नगरपालिका –३ होलुखोलामा कृषक समुहमार्फत उत्पादन भईरहेको सुक्खा ३ र सुक्खा ६ जातको धानको बीउ ।

 सम्पूर्ण तस्बिर : रासस  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *