सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य

धनगढी ।सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (आज) शुक्रबारबाट अन्त्य भएको छ। जेठ २१ गतेदेखि सुरु भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको हो।

सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको पत्र पढेर शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्। जेठ २१ गतेदेखि शुरु भएको बैठकबाट १० वटा विधेयक पारित गरेकोमा चार विधेयक प्रमाणीकरण भएको छ। प्रदेशसभाको बैठक २३ दिनसम्म चलेको छ।

थापाका अनुसार सभाबाट प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७ लाई प्रतिस्थापना गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयक प्रमाणीकरण भएका छन्।

सुदूरपश्चिम प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७ लाई प्रतिस्थापना गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७८-७९ को विनियोजन विधेयक, प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको सभामुख थापाले बताए।

यस्तै, सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरणमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधीन अवस्थामा रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *