राजनीति

प्रदेश दुईका मुख्यमन्त्री राउतले पाए विश्वासको मत

काठमाडौं । दुई नम्बर प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले ७७ जना प्रदेशसभा सदस्यबाट विश्वासको मत पाएका हुन् । विपक्षमा भने २३ जना सांसदले मतदान गरेका छन् ।
१ सय ३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री राउतले पाएको मत दुईतिहाई बहुमत समेत हो ।

मुख्यमन्त्री राउतलाई जसपाका ३८, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८, नेकपा एकिकृत समाजवादी १३, नेपाल संघीय समाजवादी पार्टीका १ र स्वतन्त्र एक सांसदले विश्वासको मत दिएका हुन् ।

जसपा विभाजन भएर बनेको दल लोसपाका १५ जना र एमालेका ८ जना प्रदेश सांसदले मुख्यमन्त्री राउतको विपक्षमा मत दिएका छन् भने लोसपाका ए र नेकपा एकिकृत समाजवादीका २ जना सांसद अनुपस्थित थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *