समाचार

कांग्रेसले टुंग्यायो थप चार मन्त्रीको नाम

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंंगो लगाएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद विस्तार गर्दैछन् ।

कांग्रेसबाट मिनेन्द्र रिजाल रक्षा मन्त्री, दिलेन्द्र बडु कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मी महिला तथा बालबालिका मन्त्री र उमाकान्त चौधरी खानेपानी मन्त्री हुने भएकी छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइने तयारी प्रधानमन्त्री देउवाले गरेका छन् । यसअघि कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, परराष्ट्रमन्त्रीमा नारायण खड्का तथा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *