समाचार

कांग्रेस महासमिति सदस्य चौलागाईंलाई पत्नीशोक, नेता बस्नेतद्वारा श्रद्धाञ्जली

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला पूर्वक्षेत्रीय सभापति एवंम महासमिति सदस्य बद्रीप्रसाद चौलागाईलाई पत्नी शोक परेको छ । चौलागाईकी धर्मपत्नी निर्मला बस्ताकोटी चौलागाईको अर्बुदरोगबाट शुक्रबार ४२ बर्षको उमेरमा निधन भएको हो । मेलम्ची नगरपालिका १ भोटेचौरकी चौलागाईको शखंरापुर अस्पतालमा उपचार गर्दागर्दै शुक्रबार बिहान ११ बजे निधन भएको हो । उनको छोरी र छोरा छन् ।

चौलागाईको निधनप्रति नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दुःख व्यक्त गरेका छन् । शोक वक्तव्यमा नेता बस्नेतले भनेका छन– ‘निधन हुनुभएकी निर्मलाप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *