रिबन

उमेश श्रेष्ठ स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारीबाट अलग्गिए

काठमाण्डाैं। सरकार बनेकाे ३ महिना पुग्न लाग्दा भएकाे मन्त्रीपरिषद विस्तारमा जगेडामा परेपछि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पदबाट हटेकाे घाेषणा गरेका छन।

शुक्रवार नयाँ मन्त्रीहरूले सपथ खाएकै दिन उनले मन्त्रालय त्यागेकाे घाेषणा गरेका हुन। स्वास्थ्य राज्यमन्त्री बनाउँदा प्रधानमन्त्री देउवाले स्वार्थ बाझिने मानिसलाई मन्त्री बनाएर उनले उनकाे विराेध भएकाे थियाे।सत्ता गठवन्धनले पनि उनकाे विराेध गरेकाे थियाे तर देउवाले अब यस्ताे नगर्ने वताएपछि वातावरण मत्थर भएकाे थियाे।

मन्त्रालय बाँडफाड हुँदा स्वास्थ्य मन्त्रालय नेकपा एकिकृत समाजवादीकाे भागमा परेकाे छ।यसपछि साे मन्त्रालय विराेध खतिवडाले सम्हाल्न सपथ खाइसकेका छन।राज्यमन्त्री भएका श्रेष्ठलाइ चाहि प्रधानमन्त्री कार्यालयमा राखिएकाे थियाे।यसरी जगेडामा राखेकाे पाएपछि उनले पद त्यागेकाे वताएका छन।उनले भनेका छन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग भएको छु । उक्त जिम्मेवारीमा छँदा यहाँहरूको सहयोग, सुझाव, आलोचना तथा हौसलाका लागि हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु । आगामी दिनमा सम्माननीय प्रधानमन्त्रीज्यू र पार्टीले दिएको जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै अघि बढ्नेछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *