अर्थ

विद्युत्बाट खाना बनाउने चुलोको व्यवस्था गरिने : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, सिँञ्चाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले विद्युत्बाट चल्ने चुलोेको व्यवस्था गर्ने गरी तयारी सुरु गरिएको बताइन् ।

गोदावरी नगरपालिका–१२ ठेचोमा वेथेगल टोल विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले ग्यासको सट्टा विद्युत्लाई उपयोग गरी खाना बनाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको बताइन् ।

विद्युत् महसुल घटाइ सडक बत्तीको व्यवस्था गरिने उनको भनाइ थियो । सांसद राजकाजी महर्जनले ढल, बाटोको विकासमा सांसद विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । स्थानीय सरकार र अन्य स्रोतबाट समेत सहयोग जुटाएर विकास निर्माणका काम गरिने उनको भनाइ थियो ।

नगर प्रमुख गजेन्द्र महर्जनले वेथेगल टोल क्षेत्रमा सडक र ढल व्यवस्थापनका लागि रु आठ लाख बजेट छुट्याइएको जानकारी दिएका छन् । नगरपालिका क्षेत्रको समुचित विकास निर्माणमा लागिपरेको उनले बताए ।

वडाध्यक्ष जगतबहादुर महर्जन, समितिका अध्यक्ष निर्मला क्षत्रीलगायतले स्थानीयस्तरको विकास निर्माणमा तीनै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *