लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका मन्त्रीले लिए शपथ

लुम्बिनी।लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराए।

शपथ लिने मन्त्रीहरुमा नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना, शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँ र वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल र रहेका छन्। यस्तै कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि पद तथा गोपनीयताको शपथ लिए।


माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले शपथ लिए। स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली पनि आइतबार शपथ लिएकी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *