समाचार

कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण शसष्त्र प्रहरी अस्पतालमा उपचाररत खड्काको पछिल्लोपटक गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ ।

कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या भएपछि महामन्त्री ख्डका बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अबस्था समेत सामान्य रहेको विज्ञप्तीमार्फत जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *