रिबन

साफ च्याम्पियनसिप : भारतसँग नेपाल १–० ले पराजित

काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्समा जारी फुटबलमा भारत विजयी भएको छ ।

नेपालसँग जारी खेलमा भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा भारतले बलमा पोसेसन कायम गरेपनि गोल गर्न सकेको थिएन । नेपालले तेस्रो खेलमा भारतसँग खेलिरहेको हो । जारी प्रतियोगितामा नेपाल ६ अंक जोडेको छ ।

तालिकाको चौथो स्थानमा रहेको भारतले जीत निकालेसँगै तेस्रो स्थानमा उक्लिएको छ भने नेपाल भने दोस्रो स्थानमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *