खेलकुद

आइपीएल : दिल्ली चेन्नइसँग ४ विकेटले पराजित

काठमाडौं । आइपीएलअन्तर्गको आजको खेलमा दिल्ली क्यापिटल्स पराजित भएको छ ।

आइपीएलको पहिलो क्वालिफायरअन्तर्गत भएको खेलमा चेन्नई सुपर किङ्ग्स ४ विकेटले विजयी भएको हो ।

दिल्लीले दिएको ७१३ को लक्ष्य चेन्नईले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर भेटायो । चेन्नइका लागि रुतुराज गैकवाडले ७० रन र रोविन उथप्पाले ६३ रनको योगदान गरे । कप्तान महेन्द्रसिंह धोनीले १८ रन बनाए भने अम्बाती रायडु र फाफ डु प्लेसिस समान एक एक रनमा आउट भए ।

त्यसअघि व्याटिङ गरेको दिल्लीका लागि कप्तान रिषभ पन्तले नटआउट ५१ रन बनाए भने र्पथ्वी साहले ६० रन जोडे । श्रेयस आयर १ रनमा आउट हुँदा सिमरच हेट्मायरले ३७ रन जोडे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *