समाचार

एकैदिन सभापति खड्काको प्रमुख आतिथ्यतामा धर्मदेवीका तीन स्थानमा दसैँकाे शुभकामना आदान-प्रदान कार्यक्रम

काठमाडौं। नेपाली कांग्रेस संखुवासभाका सभापति एवं पूर्वराज्य मन्त्री दिपक खड्काको प्रमुख आतिथ्यतामा एकै दिन धर्मदेवी नगरपालिकाको तीन स्थानमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस धर्मदेवी नगर कार्यसमिति अन्र्तगतका वडा कार्यसमतिले नवनिर्वाचि पार्टी सभापति खड्काको प्रमुख आतिथ्यतामा एकै दिन तीन स्थानमा विजया दशमी, शुभदीपावली, नेपाल सम्वत र छटपर्वको शुभकामना आदान –प्रदान तथा चियापान कार्यक्रम गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी सभापति एवं पूर्वराज्य मन्त्री दिपक खड्काले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा लोकतन्त्रको स्थायीत्व, मुलुकको संमृद्धि र समुन्नति लागि नेपाली कांग्रेसको अहं भूमिका रहने बताए । जिल्लाबासीको सुख दुखमा दरिलो साथ दिदै आएका लोकप्रिय नेता सभापति खड्काले संखुवासभा र संखुवासभाबासीको बृहत्तर हित र नेपाली कांग्रेस संखुवासभाको पार्टी संगठन सुदृढ, शसक्त र जीवन्त बनाउन सदैव क्रियाशील रहने बताए । सभापति खड्काले जिल्लाका नेता कार्यकर्तालाई पार्टी संगठन केन्द्रित र चुनाव केन्द्रित गतिविधिमा लाग्न आह्वान गरे ।

सोमबार धर्मदेवी नगरपालिकाको वडा नम्बर ७ र ८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमा रणहाङ्ग जिमीको सभापतित्वमा गाडेको ढुंगामा सम्पन्न भएको थियो । वडा नम्बर ६ र ९ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम रुद्र जिमीको सभापतित्वमा बिहिबारे बजारमा सम्पन्न भएको थियो । यसै गरि धर्मदेवी ४ र ५ नम्बर वडाको चियापन कार्यक्र नगर सभापति बद्रिबहादु घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।

शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव कुमारबाबु अधिकारी लगायतका नेताहरुले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गरेका थिए ।

वडा दशैको सम्मुखमा आईतवार जिल्ला पुगेका सभापति खड्काको प्रमुख आतिथ्यतामा हिजो तुम्लिङटारमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *