मुख्य समाचार

कांग्रेस महामन्त्री खड्का डिस्चार्ज

काठमाडौं । कांग्रेस महामन्त्री पुर्णबहादुर खड्का डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण भएपछि महामन्त्री खड्का शसष्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका थिए । असोज १२ गते अस्पताल भर्ना भएका महामन्त्री खड्काको आइतबार कोरोना संक्रमणमुक्त भएका थिए । संक्रमणमुक्त भएपछि सोमबार डिस्चार्ज भएका हुन् ।

संक्रमणपछि अस्पताल भर्ना भएका ख्डकाको स्वास्थ्य अबस्थामा समेत उल्लेख्य सुधार आएको अस्पतालले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *