शिक्षा / स्वास्थ्य

मानसिक स्वास्थ्य दिवसको अवसरमा चिकित्सक, पत्रकारसहित १३ जना सम्मानित

काठमाडौं । विश्व मानसिक स्वास्थ्य  दिवसको अवसरमा पत्रकारसहित १३ जनालाई सम्मान गरिएको छ । मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जनालाई सम्मान गरिएको मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालका सभापति एवं मनोविद गोपाल ढकालले बताए । त्यस्तै कार्यक्रममा उनले कोरोना महामारीले मानसिक स्वास्थ्यमा असर पुगेको बताए ।

कार्यक्रममा मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्न सरोकारवालाहरुले जोड दिएका थिए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ चासो दिएको बताए । उनले मानसिक स्वास्थ्यका विषयमा आफूले गर्न सक्ने र गर्नुपर्ने काममा आफूले सकेको गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा.डा. सरोज ओझाले मानसिक स्वास्थ्यका मुद्दाहरु अझै पनि सम्बोधन हुन नसकेको गुनासो गरे । उनले अझै सामाजिक लाञ्छना, भेदभाव र जनचेतनाको अभावले मानसिक समस्या लुकाउन बाध्य रहेको सुनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *