प्रदेश नं. १

चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा फूलपाती बढाई

संखुवासभाको । पूर्वकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा बडादशैको फूलपातीको अवसरमा विधिपूर्व पूजापठसहित बढाइ भएको छ ।
चिताएको मनोकांक्ष सिद्ध हुने विश्वास रहेको सिद्धकाली मन्दिरमा बडादशै फुलपातिको अवसरमा पूजापाठ गरी सुरक्षा निकायको एक टोलीले बडाई एवं सलामी अर्पन गरेको थियो । स्वस्थानी वर्तकथा उल्लेख गरिएको चन्द्रपुर त्यही स्थान सिद्धकाली मन्दिर यही स्थानमा सत्यदेवीको दाहिने आँखा पतन भएका स्थान हो । मन्दिरमा बढादशैको घटस्थापनादेखि नै दैनिक दर्शनार्थीको भिडभाड लाग्ने यस मन्दिरमा धेरै टाढा–टाढादेखि भक्तजनहरुको घुइचो लाग्ने गरेको मन्दिर सरक्षण समितिको सचिव पदम बहादुर अधिकारीले बताए ।


सडक सञ्जालमा जोडिएसँगै आन्तरीक र वाह्य भक्तजनहरुको भिडभाड लाग्ने गर्दछ । आजैको दिन विहानै चोखोनितो गरी पुरानो चैनपुरबाट वेलपत्र, उखु, फूल लगायतको पूजा समग्री ल्याएर सिद्धकाली देवीको मन्दिरमा पूजापाठ गरी बढादशै फूलपाती शुरुवात हुने मन्दिरका पुजारी टंकनाथ महन्तले बताए । आजैको दिन विभिन्न स्थानबाट आफ्नो भाकल पुरा हुने विश्वासको साथ वोका, हास, परेवाको देवीलाई वली दिने गरिन्छ । आफ्नो मनोकांक्ष पुरा भएको विश्वसका साथ देवीको दर्शन गर्न सुनसरीबाट आएको भोजनलाल चौधरीले बताए । यसैगरी झापादेखि दर्शनको लागि आइपगेकी सुमना बोहरले आफ्नो मनोकांक्षा पुरा भएकोले सिद्धकाली देवीको दर्शन गर्न आइपुगकी बताइन ।


दशैतिहार नजिए सँगै मन्दिरमा पुनःनिमार्णले थप आर्कण वढेको छ । प्रतिष्ठित उद्योगी तथा समाजसेवी कृणगोपाल श्रेष्ठको एकल लगानीमा मन्दिरको छानो १ सय ६४ क्युविक फिट काठ र १ हजार ५४ केजी पितलबाट मन्दिरको छानो निमार्ण सम्पन्न भएको छ । यस अघि ४१ ला ६० हजार खर्चेर मन्दिर परिसरमा ढुंगा विछ्याउने काम सम्पन्न भएको स्थानी वुद्धिजीवी लवकुमार श्रेष्ठले बताए । सिद्धकाली देवीको दर्शनले चिताएको मनोकांक्ष पुराहुने विश्वाससँगै मन्दिरको आकर्षण वढेपछि अहिले धार्मीक तथा साँस्कृतिक पर्यटकिए स्थल बन्दै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *