रिबन

एमालेसंग सम्वादकाे लागि मेराे कामकाे समिक्षा गर्न तयार छु-सभामुख

काठमाण्डाैं । सभामुख अग्नी सापकाेटा पछि हटेका छन।नेकपा एमाले विभाजनकाे क्रममा सभामुखले द्वेष राखेकाे,माअेावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे कार्यकर्ता वनेकाे भनेर एमालेले विराेध गरिरहेकाे बेलामा बडा दशैंकाे अष्टमीकाे दिन सभामुख सापकाेटाले एक कदम पछि हटने वताएका हुन।

तर,नेकपा एमालेले भने उनले कि त राजीनामा दिनुपर्ने अन्यथा माधव नेपाल सहित १४ जना सांसदलाइ पदबाट हटाउनुपर्ने माग राखिरहेका छन।

तर वुधवार सभामुख सापकाेटाले संसद् सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

सभामुख सापकोटाले भनेका छन-ढिलो चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ । दसैँको अवसरमा छौँ, यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो । मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरूले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ, जतिसुकै ठुलो समस्या भए पनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो । हाम्रो संसद्मा अहिले अलिकति समस्याहरू देखिएको छ, अवरुद्ध भइरहेको छ, १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *