रिबन

राष्ट्रपति किन पुगिन काभ्रेपलाञ्चाेक ?

काठमाण्डाैं । राष्ट्रपति विधादेवी भण्डारी काभ्रपलाञ्चाेक पुगेकी छिन।मध्य दशैंमा उनी पलाञ्चाेक भगवतीकाे पुजा अर्चना र दर्शनकाे लागि पुगेकी हुन।

उनले पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन् । उनी विहान १०:३० बजे मन्दिर पुगेकी थिइन् । उनी राष्ट्रपति भएपछि यस मन्दिरमा पूजाअर्चना गरेको यो तेस्रो पटक हो । गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो ।
राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भिम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पाँचखाल नगर उपप्रमख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *