रिबन

नेपाल इतिहासमै पहिलाे पटक साफ च्याम्पियनसिपकाे फाइनलमा प्रवेश

काठमाण्डाैं । नेपाल इतिहासमा नै पहिलाे पटक साफ च्याम्पियनसिपकाे फाइनलमा प्रवेश गरेकेा छ। वंगलादेशलाइ १-१काे वरावरीमा राेकेकाे नेपालले राउण्ड राेविनकाे अाधारमा फाइनलकाे यात्रा तय गरेकाे हाे । यस खेलमा हार संगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरियो । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो ।नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्धको खेल गुमाएको थियो । फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले तय गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।

खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधैं रातो कार्ड देखाइएको थियो र खेल नेपालको पक्षमा मोडिएको थियो । यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलकाे कारण नेपाल पछि परेकाे थियाे । पहिलाेहाफमा नै वंगलादेशले अग्रता लिएकोले नेपाल दवावमा थियो । यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *