रिबन

छठपछि माेदीले नेपाल भ्रमण गर्ने !

काठमाण्डाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले अर्काे महिना नेपाल भ्रमण गर्ने संकेत दिएका छन। भारतीय जनता पार्टीकाे निमन्त्रणमा भारत भ्रमणबाट हालै फर्किएका नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले छठ पछि माेदीको भ्रमण हुनसक्ने वताएका छन।उनी भर्खर भारत भ्रमणबाट फर्किएका हुन। भारत भ्रमणमा सह महामन्त्री महतसहित उदय शमशेर राणा र विजय चौरसियाको टिमले भाजपाका राष्ट्रिय महासचिवहरू अरुण सिंह, राजु बिष्ट, प्रवक्ता सुधांशु त्रिवेदी, महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाल लगायतका नेताहरुसँग भेट गरेका थिए।

सह महामन्त्री महतले भारत भ्रमणका क्रममा सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताए। उनले भारत भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशील्ड सप्लाइको बारेमा छलफल भएको बताए।

उनले महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटिदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको बताए। उनले भारत भ्रमणका क्रममा आफूले नेपाल सरकारको तर्फबाट राख्नुपर्ने मुख्य कुराहरु र मुद्दाहरु उठाएको बताए। भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा दुवै देशको हितका विषयमा चर्चा भएको बताए।

सह महामन्त्री महतले भने-हामीले भारतीय विदेश मन्त्रीसँग भेट गर्यौं, उहाँसँग मुलतः मैले नेपालका केही मुद्दाहरुलाई हामीले प्रमुख रुपमा उठायौँ। ती मुद्दाहरुमा सीमा समस्या समाधान गर्ने, वार्ता प्रक्रिया अगाडि बढाउने,र वार्ता भन्दा अर्को विकल्प छैन। दुई देशको बहुआयामिक सम्बन्ध छ, सांस्कृतिक, सामाजिक, राजनीतिक, हरेक किसिमको जुन सम्बन्ध छ। यति धेरै बहुआयामिक सम्बन्ध भएको देशमा बेलाबखत समस्याहरु उत्पन्न हुन्छन्। तर समस्या उत्पन्न भएपनि हाम्रो वार्ता, संवाद मार्फत् त्यसलाई समाधान गर्न सकिन्छ।

सह महामन्त्री महतले भारतीय पक्षले महाकाली तुइन प्रकरणमा आफूहरुको संलग्नता नरहेको बताए पनि महाकाली तुइन प्रकरण नेपाली जनतासँग जोडिएको कुरा भएकोले सरकारले नै एकपटक छानबिन गरेर निष्कर्षमा पुग्न आग्रह गरेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *