रिबन

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई काेभिड संक्रमण पुष्टि

काठमाण्डाैं । नेपाली कांग्रेसका नेता अर्जुननरसिह केसीलाइ काेराेना संक्रमण भएकाे छ।दशैं अघि निकै दाैडधुप गरेका केसीलाइ संक्रमण भएकाे उनैले पुष्टि गरेका छन।

दशैं अघि डडेल्धुरामा पुगेर उनले सभापति शेरवहादुर देउवाले धाँधली गरेकाे भन्दै क्रियाशील सदस्यता छानवीन र यसपछिकाे चुनावकाे वारेमा वाेलेका थिए।

यसअघि पनि उनी देशका विभिन्न भागमा हिडेका थिए।नेता केसीले काेभिड भएकाे पुष्टि गर्दै आफुसंग सम्पर्कमा आएकाहरूलाइ सतर्क रहन भनेका छन।

नेता केसी भन्दा अघि कांग्रेस महामन्त्री पुर्णवहादुर खडका तथा केन्द्रिय सदस्य प्रदीप पाैडेललाइ पनि काेभिड भएकाे छ।खडका हालै मात्र अस्पतालबाट घर फर्किएका छन भने पाैडेल अझै उपचाररत छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *