रिबन

म्यानमारका सैनिक शासकलाइ जाेडदार धक्का, आसियान वैठकमा भाग लिन नदिने निर्णय

काठमाण्डाैं । दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन (आसियान)ले म्यानमारका सैनिक शासकलाइ भाग लिन नदिने भएका छन। गत वर्ष फेव्रअरीमा सत्ता हातमा लिएपछि राजनीतिमा उदाएकाे सैनिक शासकलाइ आसियान वैठककाे ढाेका वन्द गरिएकाे हाे । आसियान राष्ट्रका प्रमुखहरूले म्यानमारका जनरल मिन ओङ ह्लाइङको सट्टामा गैर राजनीतिक प्रतिनिधि बोलाउने सहमति गरेको हो। सदस्य देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने परम्परा रहेको १० सदस्यीय क्षेत्रीय समूहले गरेको यो अभूतपूर्व किसिमको निर्णय हो। आसियानले म्यानमारको द्वन्द्व अन्त्य गर्न सेनाले पर्याप्त भुमिका नखेलेकाे मुल्यांकन गरेकाे छ।

गएको अगष्टमा सेना प्रमुख मिन ओङ ह्लाइङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका थिए। यसपछि म्यानमारमा कैयाैं नागरिक लखेटिएका छन भने सयाैं नागरिककाे हत्या गरिएकाे छ।कैयाैं देशका कुटनीतिक नियाेगका प्रतिनिधिहरू समेत निकालिएका छन।बर्षाैं देखि वस्दै गरेका विदेशी नागरिकका भिसा नविकरण नगरि देशबाट वाहिर जान वाध्य पारिएकाे छ।

शिखर सम्मेलन आयोजक रहेको ब्रुनाइले म्यानमारको अवस्थाले क्षेत्रीय सुरक्षा, एकता, विश्वसनीयता र आसियानको केन्द्रीयतामा प्रभाव पारिरहेको जनाएको छ। गएको अप्रिलमा आसियानले म्यानमारका सैनिक प्रमुखलाई देशमा जारी हिंसात्मक दमन रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनसहित विश्वका नेताहरू समेत सहभागी हुने सम्मेलनमा म्यानमारका सैनिक जनरललाई सहभागी नगराइनु अन्तर्राष्ट्रिय मान्यताको अपेक्षा गरिरहेको सैनिक सरकारका लागि ठूलो धक्का हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *