रिबन

मेलम्चीकाे अस्थायी पुल फेरि वग्याे

काठमाण्डाैं । गएराती परेकाे भारी बर्षाले मेलम्ची र इन्द्रावती जाेडने अस्थायी पुल वगाएकाे छ। गएको असार १ को बाढीले पक्की पुल बगाएपछि झण्डै तीन महिनापछि ह्युम पाइप राखेर अस्थायी पुल हाली मोटरबाटो बनाइएकोे थियो । तर गएराति ठूलो पानी परेपछिकाे बाढीले अस्थायी पुल बगाएकाे छ ।

पुल वगेपछि मेलम्ची नगरपालिकाको वडा नम्बर ७, ८, ९ र १० सँगको सडक सम्पर्क बिच्छेद भएको छ । यस्तै, पाँच पोखरी थाङपाल गाउँपालिकाको पुरै र ईन्द्रावती गाउँपालिको केही क्षेत्रमा पनि सडकसँगको सम्पर्क टुटेको छ ।

यस्तै, मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइपमाथिको माटो बगाएका कारण यो सडकसमेत अवरुद्ध भएको छ । गएको असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखेर गाडको आवतजावत खुलाइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट