समाचार

रामकुमारी किन पुगिन वामदेवकाे घरमा ?

काठमाण्डाैं।नेकपा एमाले छाडेर बसेका वामदेव गाैतम अहिले न यता न उताकाे अवस्थामा छन। तर तिनै वामदेव गाैतमकाे हाल सहरी विकास मन्त्री रामकुमारी झाक्री पुगेकी छिन।

कुनै वेला एमाले फुटदा वामदेव गाैतमसंगै मालेमा लागेकी रामकुमारीले हाल एमाले विभाजन हुदा वामदेव गाैतमले प्रष्ट लाइन नलिएकाे भन्दै वाेलचाल समेत वन्द गरेकी थिइन।तर शनिवार अचानक सहरी विकास मन्त्री झाक्री गाैतम निवास भैंसेपाटी पुगेकी छिन। उनी त्यहाँ पुगेर गाैतम र उनकी पत्नी तुलसा थापाकाे हातबाट टिका समेत लगाएकि छिन।

रामकुमारी गाैतम निवासमा जानुलाइ कतिले दशैंकाे सन्दर्भ मात्र हाे भनेका छन तर कुरा यति मात्र हाेइन।वामदेव गाैतमसंग लामाे सम्वन्ध राखेकी झाक्री गाैतमलाइ सम्झाउन सक्ने तागत समेत राख्छिन।तर,एमाले छाडेपनि माधव नेपालकाे पार्टीमा प्रवेश नगरेका गाैतम सर्त माथि सर्त राखेर वसेका छन।

झाक्रीले यसरी माैन वसेका गाैतमलाइ दशैंमा टिका लगाउने मेसाेमा राजनीतिक गफगाफ समेत गरेकी छिन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *