रिबन

वैद्य विरामी भए,छातीमा देखियो समस्या

काठमाण्डौं । नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्य किरण विरामी परेका छन । छातीमा समस्या परेपछि उनी शिक्षण अस्पतालमा उपचार गराइरहेका छन तर उनको समस्या के हो भनेर सार्वजनिक भने गरिएको छैन ।

लामो समय देखि दम र छातीको रोगबाट पिडित वैद्यको छातीमा सानो दाग देखा परेको वताइन्छ । तर,मोहन वैद्य र उनको पार्टीले भने यसवारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । पछिल्लो समय राजासंग सहकार्य गर्न सकिन्छ भनेर वोलेपछि दवाव र तनावमा परेका वैद्यको पार्टीले यसलाइ खण्डन गरेको छ । यहि दवावमा रहेको बेलामा उनी विरामी परेका छन ।

उनको यहि वोलीपछि पुर्वराजाले बडा दशैंमा वक्तब्य जारी गर्दै राजसंस्थाविना प्रजातन्त्र संस्थागत हुन सक्दैन भनेका छन । यसले झन वैद्य दवावमा परेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *