रिबन

डडेल्धुरा र वैतडीमा अति बढी बर्षा,रंगुन नदीक्षेत्रमा सतर्क रहन अपिल

काठमाण्डाैं। गएराती देखि सुदुरपश्चिमकाे डडेल्धुरा र वैतडी जिल्लामा अति बढी बर्षा भएकाे माैसम विभागले जनाएकाे छ। माैसम विभागले साेमवार विहानै वक्तब्य जारी गर्दै गएराती यस क्षेत्रमा अति भारी वर्षा भएकाे भन्दै रंगुन नदी क्षेत्रमा वसाेवास गरेका वासिन्दालाइ सतर्क रहन अपिल गरेकाे छ।

दक्षिण भारतबाट नेपाल पसेकाे बर्षाले नेपालकाे सुदुरपश्चिमलाइ बढी असर गरेकाे छ तर पानी भने जताततै परेकाे छ।

गत साता मात्र जल तथा माैसम विभागले नेपालबाट मनसुन वाहिरिएकाे जनाएकाे थियाे। शनिवार देखि पुन बर्षा हुन थालेकाे छ।याे क्रम अझै तिन दिनसम्म रहने उसले जनाएकाे छ।

दक्षिण भारतकाे केरलामा भारी बर्षाले निकै ठुलाे जनधनकाे क्षति गरेकाे छ।यसकाे असर नेपालसम्म परेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *