शिक्षा / स्वास्थ्य

पछिल्लो २४ घण्टामा पाँच सय ९१ सङ्क्रमित,नौ जनाको निधन

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५९१ सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ६९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।   

 आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ८७४ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १७ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ ।    

 पछिल्लो २४ घण्टामा ९३७ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमित सात लाख ८२ हजार ३९३ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ ।    

 यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २९३ जनाको निधन भइसकेको छ ।    
आज २७ हजार ७०१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८४ लाख १५ हजार ६७ जनाले पहिलो मात्रा र ६४ लाख ७० हजार १९५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।     

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *