रिबन

जव पूर्वसचिव रामेश्वर खनाल माओवादी विरूद्ध जंगिए, अनि चल्याे वाकयुद्ध..

काठमाण्डाैं । अर्थ सचिव हुदा तत्कालिन माओवादी नेता डा.वावुराम भटटराइका मन पराइएका सचिव थिए-रामेश्वर खनाल। तर तिनै खनाल साेमवार अचानक जंगिए-सामाजिक सञ्जालमा।सुरूमा नै उनले प्रश्न राखे-यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त।

विना प्रसंग अचानक उनले यस्ताे प्रश्न राखेपछि माओवादी प्रति सदभाव राख्नेहरू उनीप्रति खनिनु स्वभाविक थियाे र भयाे यस्तै।उनी माओवादी विचारधाराबाट प्रेरितहरूकाे खेदाइमा परे । कुनै वेलामा युद्धकाे मैदानमा वन्दुक वाेकेर हिंडेका र हाल युराेपमा रहेका दिल निशानी मगरले शालिन शैलीमा भने-माओबादी ईतरको लाईन सबैभन्दा ठुलो शक्ति बन्छ। सकिदैन। याे उनकाे खनाललाइ जवाफ थियाे।तर कुराे यतिमा सकिएन।अन्य युवा कार्यकर्ता भने खनालकाे खेदाे खन्नमा लागे।कतिले त हामीले तिरेकाे करबाट वाचेर यस्ताे कुरा लेख्न सम्म भन्न भ्याए। तर,पुर्वसचिव भइसकेका खनाल हच्किएनन।

यसपछि उनले लगत्तै लेखे-समस्या के हो भने दासहरूलाई दास हुन पाएकैमा खुसी लाग्छ। मालिकले बरू कुरो बुझ्छन्। दासहरू बाझ्न आउछन्। उनकाे याे लेखाइमा सवै भन्दा डटेर जवाफ माअेावादीकै युवा नेता दिपशिखाले दिए।उनले भने-आधुनिक दासहरूभन्दा तपाईले भनेकै ‘दास’ हरू बरू मुलुकको विकास र हितको पक्षमा हुन्छन् । आधुनीक दासहरू र विदेशी ग्रिनकार्ड हातमा बोकेर बमीट गर्दै हिड्छन् !

यसअघि उनले रामेश्वर सरलाइ के भयाे अचानक ? कतै कुनै हिसाव मिलेन कि ? भनेर साेधेका थिए।यसपछि उत्तर पाएनन अनि लेखेका थिए-भैगाे मै पत्ता लगाउला ।

अचानक रामेश्वर खनालले माअेावादीकाे वारेमा यसरी लेखेपछि ठुलै वहश र विमर्श भयाे।के खासमा माअेावादी माथि उनी किन खनिए ? उनकाे भनाइकाे मतलब के हाे त ? अहिले याे चर्चा चलेकाे विषय हाे ।

यसपछि उनले अंग्रेजीमा लेखे-कांग्रेसले माअेावादीसंग हात मिलाउनु नै गलत हाे । उनले लेखेका छन-नेपालकाे विकासकाे लागि माअेावादीकाे अन्त्य जरूरी छ । के उनले याे एमसिसिलाइ लक्षित गरेर लेखेका हुन ? वा अन्य केही कुरा हाे ? कुराकाे पेटाराे विस्तारै खुल्दै जाला।तर याे सामान्य अर्थमा लेखिकै भने हाेइन।किनभने उनी स्वयमले भनेका छन-Kindly don’t consider that this is just a casual comment. It’s thought through opinion.

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *