रिबन

सुदुरपश्चिमका वाढीपिडितलाई तत्काल उद्धार गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डाैं । प्रधानमन्त्री शेरवहादुर देउवाले गृहमन्त्री वालकृष्ण खाँणलाई वाढीपिडितलाई तत्काल उद्धार र राहतकाे ब्यवस्था गर्न निर्देशन दिएका छन।

शनिवार देखि सुदुरपश्चिममा परेकाे अविरल बर्षा र यसपछिकाे बाढीले क्षति पुरयाएकाे स्थानका वासिन्दालाइ तत्काल उद्धार र यसपछि राहतकाे ब्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन। सुदुरपश्चिममा ८ बर्ष यताकै ठुलाे बर्षा भएकाे छ। भारी बर्षाकै कारण डाेटी र वाजुरा जाेडने सेती नदीकाे पुलमा पानीले छाेएकाे छ।यसपछि यातायात वन्द गरिएकाेछ। माैसम विभागले अझै केही दिन भारी बर्षा हुन सक्ने चेतावनी दिएकाे छ । यसपछि प्रधानमन्त्री देउवाले मंगलवार विहानै गृहमन्त्री खाँणलाइ वाेलाएर तत्काल कदम चाल्न निर्देशन दिएका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *